३२ असार २०८२, बुधबार
३२ असार २०८२, बुधबार

स्वास्थ्य मन्त्री प्रदिप पौडेललाई ‘भाइरल ज्वरो’

तीन दिनदेखि अस्पताल भर्ना भएका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल अझै निको भएका छैनन् । पौडेल कडा ज्वरो आउने, टाउको दुख्ने भएपछि शनिबार अस्पताल भर्ना भएका हुन ।

अहिले पनि ज्वरो आउने, पखाला लाग्ने समस्या कायम रहेको अस्पतालका वरिष्ठ फिजिसियन डा। धुब्र गैरेले बताए । उनले पौडेलको केही परीक्षणको रिपोर्ट आएको र केही आउन बाँकी रहेको बताए । आइसकेका रिपोर्ट अनुसार आंशका गरिएका रोगहरू डेंगी र कोभिड दुवै देखा नपरेको बताए ।

हामीले सोचेको बाहेक अन्य कुनै भाइरल ज्वरो हुन सक्छ । थप रिपोर्ट आएपछि यकिन गर्न सकिने डा. गैरेले बताए । ‘भएका भन्दा अरु भाइरल ज्वरो पनि हुन सक्छ’ उनले भने ।

कल्चरको रिपोर्ट ४८ घण्टापछि आउने र त्यो अवधि साँझ मात्र पुग्ने उनले बताए । ज्वरोको कारण ठोस खाने कुरा आजसम्म खान नसकेको जीवनजल, जुस मात्र खान सकेको डा। गैरेले बताए ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय