३२ असार २०८२, बुधबार
३२ असार २०८२, बुधबार

‘हेरा फेरि ३’ मा फर्किए परेश रावल

दर्शकहरू यतिबेला बलिउड कमेडी फिल्म ‘हेरा फेरि’को तेस्रो भागको पर्खाइमा छन् । फिल्मको छायाङ्कन सुरु भइसकेको खबर लगत्तै अभिनेता परेश रावलले फिल्म छाडेको खबर आएपछि फिल्मबारे विवाद चुलिएको थियो ।

यो कुरा सुनेर दर्शक पनि निराश भएका थिए । फिल्मका मुख्य आकर्षण राजु (अक्षय कुमार), (श्याम) सुनिल शेट्टी र बाबु राव (परेश रावल) थिए । परेशले फिल्मको सुटिङ सुरु गरेर छाडेको भनिएको थियो । अहिले फेरि परेश रावल फिल्ममा पुनरागमन गर्दैछन् । यो कुरा परेश आफैँले पुष्टि गरेका हुन् ।

हिमांशु मेहताको पोडकास्टमा परेशले यो कुरा बताएका हुन् । फिल्म वरिपरिको विवादमा प्रतिक्रिया दिँदै अभिनेताले अब सबै कुरा समाधान भइसकेको बताए । कार्यक्रममा परेश रावललाई फिल्मसम्बन्धी विवादबारे सोधिएको थियो ।

यसको जवाफमा उनले भने, ‘कुनै विवाद छैन । जब कुनै कुरा धेरै मानिसहरूले मन पराउँछन्, तब हामी अतिरिक्त रहनुपर्छ । दर्शकहरूप्रति हाम्रो यो जिम्मेवारी हो । दर्शकहरू बसिरहेका छन् र उनीहरूले तपाईँलाई यति धेरै माया गर्छन् । तपाईँ कुरालाई हल्का रूपमा लिन सक्नुहुन्न । कडा परिश्रम गरेर उनीहरूले चाहेको कुरा दिनु पर्छ ।’

‘मलाई लाग्छ सबै जना एकसाथ आउनुपर्छ । कडा परिश्रम गर्नुस् । केही भएकै छैन, अहिले सबै ठिक छ । प्रियदर्शन, अक्षय वा सुनिल, सबै धेरै राम्रा छन् । हामी सबै धेरै वर्षदेखिका साथी हौँ,’ अझ अगाडि परेश रावलले भने ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय