भारतबाट ७ जना नेपाली बालकको उद्धार

भारतबाट सात जना नेपाली बालकको उद्धार गरिएको छ । उद्धार गरिएका उनीहरुलाई परिवारको जिम्मा समेत लगाइएको छ । बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र जनकपुरले मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयका निमित्त सचिव रञ्जितकुमार यादवको उपस्थितिमा भारतबाट उद्धार गरी नेपाल ल्याइएका बालकलाई अभिभावकको जिम्मा लगाइएको हो ।

भारतबाट उद्धार गरेर ल्याइएका सर्लाहीका तीन र महोत्तरीका चार जना बालक रहेका छन् । तीन महिना अघि भारतको चेन्नइमा काम गर्नका लागि जाने क्रममा भारत विहारको मुजफ्फरपुर रेल्वे स्टेशन पुगेका ती बालकलाई भारतीय प्रहरीले समातेर त्यहाँ रहेको बाल कल्याण समितिको जिम्मा लगाएको थियो ।

उनीहरुलाई कानूनी प्रक्रिया पूरा गरेर उद्धार गरी अस्ति शुक्रवार नेपाल ल्याइएको बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र धनुषाका प्रदेश समन्वय अधिकृत सञ्जीव महतोले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय