गुल्मीमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

समाचार सारांश
Auto Generated by AI
  • गुल्मीमा श्रीमतीको हत्या गरेको आरोपमा ४५ वर्षीय थमनबहादुर कुमाल पक्राउ परेका छन्।
  • मदिरा सेवन गरी झगडा हुँदा उनले लाठीले कुटपिट गरेर श्रीमती सुमित्राको ज्यान लिएका हुन्।
  • कुटपिटबाट महिलाको करङ भाँचिनुका साथै शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो।

गुल्मी प्रहरीले कुटपिट गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानलाई पक्राउ गरेको छ। इस्मा गाउँपालिका–६ अम्मरपुरका ४५ वर्षीय थमनबहादुर कुमाल पक्राउ परेका हुन्।

कुमालले मदिरा सेवनपछि आफ्नी ४३ वर्षीया श्रीमती सुमित्रा कुमालको कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी गंगाबहादुर सारूले बताए।

श्रीमानको कुटपिटबाट श्रीमतीको अनुहार, घाँटीमा गम्भीर चोटपटक लागेको थियो। आक्रमणबाट सुमित्राका ७ वटा करङ भाँचिएको चिकित्सकले बताएका थिए।

मंगलबार बेलुकी दुबै जनाले मदिरा सेवन गरेपछि आपसमा झगडा गरेका थिए। झगडाका क्रममा थमनले श्रीमतीलाई लाठी लगायतले निर्घात कुटपिट गर्दा उनको मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय