युवापुस्ताका चर्चित गायक सज्जनराज वैद्यको नयाँ गीत ‘बेहुली’ले इन्टरनेट प्लाटफर्ममा उत्साहजनक डेब्यु गरेको छ । रिलिजको २४ घण्टा नबित्दै यो गीत नेपालसहित ६ देशको युट्युब ट्रेन्डिङमा छ ।
यो समाचार लेख्दासम्म आइतबार दिउँसो १ बजेर १२ मिनेटमा यो गीत नेपालमा युट्युबको १० औं स्थानमा छ भने संगीत खण्डतर्फ दोस्रो स्थानमा छ ।
संगीत खण्डतर्फ अस्ट्रेलियामा आठौं, युएईमा १४, कुवेतमा १०, माल्टामा ३ र कतारमा ५ स्थानमा गीत स्ट्रिमिङ भैरहेको छ । शनिबार अपरान्ह रिलिज भएको गीतलाई अहिलेसम्म ६ लाखभन्दा धेरैपटक हेरिएको छ, जुन आफैमा उत्साहजनक अवश्य हो ।
अब प्रश्न उठ्छ-के यो गीत युट्युबको ग्लोबल ट्रेन्डिङमा आउन सक्ला ? यसका लागि अझै एक साता प्रतीक्षा गर्नुपर्ने हुनसक्छ । ६ देशमा युट्युबको ट्रेन्डिङमा आएकाले त्यो सम्भावनाप्रति आशावादी हुनसक्छ ।