युट्युब ट्रेन्डिङमा सज्जनराज वैद्यको गीत ‘बेहुली’

युवापुस्ताका चर्चित गायक सज्जनराज वैद्यको नयाँ गीत ‘बेहुली’ले इन्टरनेट प्लाटफर्ममा उत्साहजनक डेब्यु गरेको छ । रिलिजको २४ घण्टा नबित्दै यो गीत नेपालसहित ६ देशको युट्युब ट्रेन्डिङमा छ ।

यो समाचार लेख्दासम्म आइतबार दिउँसो १ बजेर १२ मिनेटमा यो गीत नेपालमा युट्युबको १० औं स्थानमा छ भने संगीत खण्डतर्फ दोस्रो स्थानमा छ ।

संगीत खण्डतर्फ अस्ट्रेलियामा आठौं, युएईमा १४, कुवेतमा १०, माल्टामा ३ र कतारमा ५ स्थानमा गीत स्ट्रिमिङ भैरहेको छ । शनिबार अपरान्ह रिलिज भएको गीतलाई अहिलेसम्म ६ लाखभन्दा धेरैपटक हेरिएको छ, जुन आफैमा उत्साहजनक अवश्य हो ।

अब प्रश्न उठ्छ-के यो गीत युट्युबको ग्लोबल ट्रेन्डिङमा आउन सक्ला ? यसका लागि अझै एक साता प्रतीक्षा गर्नुपर्ने हुनसक्छ । ६ देशमा युट्युबको ट्रेन्डिङमा आएकाले त्यो सम्भावनाप्रति आशावादी हुनसक्छ ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय