७ फाल्गुन २०८२, बिहिबार
icon
निर्वाचन
७ फाल्गुन २०८२, बिहिबार
icon
निर्वाचन

सडेको अवस्थामा भेटियो अभिनेत्रीको शव

पाकिस्तानी अभिनेत्री हुमैरा असगर कराँचीस्थित एक अपार्टमेन्टमा मृत फेला परेकी छन्। अभिनेत्रीको शव ८ जुलाईमा सडेको अवस्थामा फेला परेको थियो।

उनी लामो समयदेखि त्यो अपार्टमेन्टमा एक्लै बस्दै आएकी थिइन्। अभिनेत्रीको पोस्टमार्टम रिपोर्ट अझै आएको छैन। कराँची प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।

इन्डिया टुडेको रिपोर्टमा पाकिस्तानका डिपुटी इन्स्पेक्टर जनरल सैयद असद रजालाई उद्धृत गर्दै उनलाई जुलाई ८ मा दिउँसो ३ बजेतिर घटनाको बारेमा जानकारी दिइएको बताएको छ। अभिनेत्री हुमैरा असगर विगत ६-७ वर्षदेखि कराँचीको इत्तेहाद कमर्सियल एरिया फेज ५ मा एक्लै बस्दै आएकी थिइन्।

छिमेकीहरूका अनुसार उनको अपार्टमेन्टबाट कुहिएको गन्ध आइरहेको थियो। साथै, उनी पछिल्ला लामो समयदेखि बाहिर निस्किएकी थिइनन्। अवस्था शंकास्पद लागेपछि छिमेकीहरूले प्रहरीलाई फोन गरेर घटनाको बारेमा जानकारी गराए।

प्रहरीले घटनास्थल पुगेर धेरै बेरसम्म ढोका ढकढक्यायो, तर भित्रबाट कुनै प्रतिक्रिया नआएपछि प्रहरीले ढोका फोडेर भित्र पस्यो। भित्र उनीहरूले अभिनेत्रीको सडेको शव भेट्टाए। प्रहरीले उनको मृत्यु लगभग छ महिना अघि नै भएको विश्वास गरिएको छ। अभिनेत्रीको शव कराँचीस्थित जिन्नाह पोस्ट ग्राजुएट मेडिकल सेन्टरमा पठाइएको छ।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय