नेपाली कांग्रेसका नेता शेखर कोइरालाले बर्खास्त हुनुपर्ने मन्त्री प्रधानमन्त्रीसँग मिठा कुरा गरेर मन्त्रीपरिषद्का बैठकमा भाग् लिएको भन्दै आश्चर्य व्यक्त गरेका छन्। सदनमा विपक्षी कर्मकाण्डी राजीनामा माग्ने अनि गठबन्धनका सहयात्री नेपाली कांग्रेस भने ‘साक्षी किनाराका सदर’ भएको उनले बताएका छन्।
मन्त्रीक्वाटरमा बिहानै आएर बिचौलियाले घुसको व्रिफकेस छाड्छन्, आफ्नो विरुद्धमा प्रमाण जुटेपछि बर्खास्त हुनुपर्नेमा प्रधानमन्त्रीसँग मिठा कुरा गरेर मन्त्री मन्त्रीपरिषद् बैठकमा भाग लिन्छन् ,’अडियो प्रकरणपछि विवादित बनेका सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताप्रति सङ्केत गर्दे सामाजिक सञ्जालमा लेखेका छन्, ‘सदनमा विपक्षी कर्मकाण्डी राजीनामा माग्छन् तथा गठबन्धनका सहयात्री हामी नेपाली कांग्रेस भने ‘साक्षी किनाराका सदर’ भएका छौँ।’ विसङ्गति र विकृति प्रति निराश जस्तै देखिएका कोइरालाले अहिलेको परिवेशलाई इङ्गित गर्दे थप लेख्छन्, ‘ यस्तै रहेछ यहाँको चलन।’
