१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

जनै हराएको मान्छे : कोरिया सपनाको कथा

विजय बरालको मुख्य अभिनय रहेको फिल्म ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’ को टिजर सार्वजनिक भएको छ।

मंगलबार बिहान सार्वजनिक टिजरमा फिल्मका मुख्य पात्र सीताराम (विजय बराल)को कोरिया सपनालाई केन्द्रमा राखिएको छ। सपना, दुःख र संघर्ष, प्रेम र धोकाको कथा टिजरमा देखाइएको छ।

विवाहको दृश्यसँगै सुरू हुने टिजरमा मुख्य पात्रले कोरिया जान बुवालाई मनाउँदाको नोकझोक र काठमाडौं पुगेपछि आफ्नै गाउँलेले गरेको ठगीको वरिपरि टिजर घुमेको छ।

कोरिया जान्छु भनेर काठमाडौं आएका सिताराम कसरी काठमाडौंमै अलमलमा पर्दा सपना पनि गन्तव्यहीन भइरहेको छ भन्ने टिजरमा उल्लेख छ।

परिवारको दुःख कटाउने सपना बोकेर हिँडेको पात्र कसरी आफैं घनघोर दुःखको दुष्चक्रमा फसेको छ टिजरमा देखाइएको छ।

यही मेसोमा बस्ने प्रेम र त्यसको सुख टिजरमा देख्न सकिन्छ। टिजरमा विजयसँगै केकी अधिकारी, मिरूना मगर, सुशांक मैनाली, भोलाराज सापकोटा, गौरव पहारी, रेअर राई, कविता आलेलगायत फिल्मका मुख्य प्रायः कलाकारहरूलाई देख्न सकिन्छ।

‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’ हिमाल न्यौपानेले निर्देशन गरेका हुन्। फिल्मको एसोसियट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन्।

पेपरक्लिपको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन्। कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन्।

‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’ को कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन्। फिल्ममा थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त सिवाकोटीको संगीत छ।

नवीन गुरूङको डीओपी र कृष्ण परियारको सिनेम्याटोग्राफी, भरत रेग्मीको सम्पादन रहेको फिल्ममा दिनेश बहादुर राउत मुख्य सहायक निर्देशक, तर्कराज न्यौपाने, रविन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशक छन्।

‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’ को तीजको अवसर पारेर भदौ ६ गते रिलिज हुनेछ।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय