२३ कार्तिक २०८२, आइतबार
२३ कार्तिक २०८२, आइतबार

आउन थाले पशुपति शर्माका तिज गित

लोक तथा दोहोरी गायक पशुपति शर्माको तीज गीत सार्वजनिक भएको छ। उनले बुधबार बिहान आफ्नो यस वर्षको पहिलो अफिसियल तीज गीत ‘लाइटै बालेर हेर मयाले’ युट्युबमा सार्वजनिक गरेका हुन्।

यो गीतमा पशुपति शर्मा र टिका पुनको स्वर छ। रमाइलो शैलीको गीतको शब्द तथा संगीत पशुपति स्वयंको हो। भिडिओमा पशुपतिले कुञ्जना घिमिरे (सुन्तली)सँग सहकार्य गरेका छन्।

पशुपति शर्मा समसामयिक परिवेशमा रहेर सामाजिक, राजनीतिक र मायाप्रेमका गीत ल्याउने सर्जकका रूपमा परिचित छन्। विशेष गरी ठट्यौली र व्यंङ्गात्मक शैलीका गीत र कमेडी शैलीको अभिनय उनका गीतका विशेषता हुन्। पछिल्लो केही वर्ष भने पशुपति आफ्नो शैलीबाट केही टाढा देखिएका थिए।

तीन साताअघि सार्वजनिक ‘झोले त तैं, झोले त मैं’ बाट आफू पुरानै शैलीमा फर्किएको पशुपतिले बताए। ‘म पहिल्यैदेखि गीतमा केही व्यग्य गर्छु। केही सन्देश पनि देओस् भन्ने चाहना हुन्छ। बीचमा दुई/चार वर्ष आफ्नोपन छाडेको थिएँ। आफ्नै धारमा फर्किनुपर्छ भनेर यो गीत ल्याएँ,’ उनले भने, ‘लाइटै बालेर हेर मयाले पनि मेरो आफ्नोपनकै निरन्तरता हो।’

पशुपतिले यसअघिका केही वर्ष अरूका सिर्जनामा पनि गाए। भिडिओमा नाचे। यो वर्ष भने अरूका सिर्जनामा तीज गीत नगाउने उनले घोषणा गरे। उनले यसवर्ष आफूलाई अफर आएका २० वटाभन्दा बढी तीज गीत नगाएको बताए। ‘धेरैले भन्नुभएको थियो। तर आफ्नै सिर्जना ल्याउने भनेर अरूका गीत गएको छैन।

आफ्नै सिर्जनामा अझै एक/दुई वटा तीज गीत आउँछन्,’ उनले भने। आगामी गीतहरू पनि आफ्नै शैलीलाई प्राथमिकता दिएर ल्याउने उनले बताए।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय