५ फाल्गुन २०८२, मंगलबार
icon
निर्वाचन
५ फाल्गुन २०८२, मंगलबार
icon
निर्वाचन

‘उज्यालो नेपाल’ अभियान लिएर अमेरिका उडे कुलमान

‘उज्यालो नेपाल’ अभियानका नायक कुलमान घिसिङ अमेरिका प्रस्थान गरेका छन्।

शुक्रबार सामाजिक सञ्जालमा आफ्नो भ्रमणको कार्यतालिका सार्वजनिक गर्दै घिसिङले ‘उज्यालो नेपाल’ अभियान लिएर आफू आज अमेरिका प्रस्थान गरेको जानकारी दिएका हुन्। उनी यस भ्रमणमा अमेरिका, बेलायत र युरोपियन देशहरूको विभिन्न शहरहरूमा हुने कार्यक्रम तथा अन्तर्क्रियाहरूमा सहभागी हुने छन्।

साथै उनले विदेशमा रहने नेपाली डाएस्पोराका दाजुभाइ तथा दिदीबहिनीहरूसँग प्रत्यक्ष भेटघाट तथा अनुभव साटासाट गर्ने समेत बताएका छन्।

यसअघि पनि घिसिङ मध्यपूर्व देशहरू ओमन, यूएई, कतारलगायतका देशहरू घुमेर आएका थिए।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय