सन् २०२५ मा प्रदर्शनमा आएका ५ नेपाली फिल्मको ‘लाइफटाइम कलेक्सन’ सार्वजनिक भएको छ । घरेलु बक्सअफिसमा सर्वाधिक कमाइ गर्ने यी शीर्ष ५ फिल्म हुन् ।
फिल्म ‘ऊनको स्वीटर’ यो अंग्रेजी वर्षमा सर्वाधिक कलेक्सन गर्ने नेपाली फिल्म बनेको छ । सूचीमा अञ्जिला, लाज शरणम्, पिताम्बर र होस्टेल ३ पनि समावेश छन् ।
बक्सअफिस डेटाअनुसार यस्तो छ सन् २०२५ को जुलाईसम्म सर्वाधिक धेरै कमाउने ५ नेपाली फिल्मको लाइफटाइम कलेक्सन :
१) उनको स्वीटर : ११ करोड ३४ लाख नेरु ग्रस
२) अञ्जिला : ८ करोड ८६ लाख नेरु ग्रस
३) लाज शरणम् : ४ करोड ७० लाख नेरु ग्रस
४) पिताम्बर : ४ करोड ५६ लाख नेरु ग्रस
५) होस्टेल ३ : ४ करोड १२ लाख नेरु ग्रस
