प्रचण्ड सत्तापक्ष जस्तो, विपक्षी रास्वपा मात्रै भयो : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र  माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँगको भेटबारे बोलेका छन्।

शनिबार विराटनगरको एक कार्यक्रममा बोल्दै उनले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र  माओवादीका अध्यक्ष दाहालसँगको भेट सामान्य रहेको बताएका छन्।

उनले भने,’माओवादीसँग भेट्दा मैले धेरै कुरा गएको होइन्। मैले प्रचण्डजीको भेटमा तपाईँ सत्तापक्षको हो कि विपक्षको भनेँ संसद्मा, उहाँले आफू विपक्षमा हुँ भन्नुभयो। तर मैले तपाईँहरू सत्तापक्षजस्तो हुनुभयो। भने। उहाँले किन भन्नुभयो। मैले भने  अहिले विपक्षी त रास्वपा मात्रै भएजस्तो देखियो उनीहरू भिडिरहेका छन् सत्तापक्षसँग। तपाईँहरू त हामीसँगै बसेर छलफलमा बसेपछि कसरी विपक्ष हुनुभयो भने।’

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय