१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

खेलकुदमा आधारित चलचित्र ‘बुकी’ को पोष्टर सार्वजनिक

मोहन केसीको निर्देशनमा निर्माण भएको चलचित्र ‘बुकी’को फस्टलुक पोष्टर सार्वजनिक गरिएको छ । निर्माण पक्षले शनिबार चलचित्रको फस्टलुक पोष्टर सार्वजनिक गरेको हो ।

‘हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एन्ड फिल्मस’को प्रस्तुति रहेको चलचित्रको पहिलो झलक पोष्टरमा बुकी फूल छ, जुन झपक्क फूलेको छ।लेकाली भूगोलको चौरलाई नजिकै आउँदै गरेको कुहिरोले डम्म छोप्न लागेको छ । चौरमा एक पुरुषसहित सात महिला छन्, जो भलिबल खेलिरहेका छन् ।

भलिबलको नेट र कोर्टसमेत रहेकाले सायद उनीहरू महिला टुर्नामेन्टका लागि तयारी गरिरहेको झै देखिन्छ । तर, यसबारे निर्माण पक्षले प्रष्ट पारेको छैन ।

यो चलचित्रले खेलकुद तथा प्रकृतिबिचको सम्बन्धको कथा भन्नेछ। प्रकाश आले र राजन केसी कार्यकारी निर्माता रहेको चलचित्रको निर्मातामा लक्ष्मण सापकोटा, अमिशा काउचा थापा र रमेश थापा छन् ।

कलाकारमा सुरक्षा पन्त, देबेन्द्र बब्लु, रोशनी कार्की, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमलसिना, गानु जोशी, अनु दाहाल, सन्दिप बाबु लोहनी, निशा बजगाईं लगायत छन् । भुपेन्द्र अधिकारीको सम्पादन रहेको चलचित्र ‘बुकी’को छायाकंन काठमाडौ, पोखरा र बागलुङको ढोरपाटन लगायतका क्षेत्रमा गरिएको छ । प्रदर्शन मिति तय नभएकाले यो चलचित्रलाई निर्माण पक्षले २०२६ भित्र रिलिज गर्ने तयारी गरिरहेको छ ।
तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय