सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले विकासका लागि राजनीतिक स्थिरता आवश्यक रहेको बताएका छन्।
स्वाबलम्बन विकास केन्द्रको ३४औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सञ्चारमन्त्री गुरुङले विकास र समृद्धिका पक्षमा प्रमुख दुई ठुला राजनीतिक दल एक भएर सरकार चलाउनुपरेको बताए।
उनले देशमा अहिले स्थिर सरकार भएकाले लगानीको वातावरण बनेको प्रसङ्ग उल्लेख गर्दै रोजगारीसहित आर्थिक समृद्धि र विकासका पक्षमा अग्रसर हुन उद्यमीव्यवसायीसँग अनुरोध गरे।
कार्यक्रममा मन्त्री गुरुङले दुई लाख राशिको लघु उद्यमशील विकास पुरस्कार छिमेक लघुवित्त विकास संस्थालाई प्रदान गरे। स्वाबलम्बन विकास केन्द्रले यस वर्षका लागि सो पुरस्कार सो संस्थालाई दिने निर्णय गरेको थियो।
यसैगरी मन्त्री गुरुङले दुई लाख राशिको शङ्करमान श्रेष्ठ लघुवित्त पुरस्कार सफल उद्यमीसमेत रहेका सांसद योगेन्द्र मण्डललाई प्रदान गरे।
सोही अवसरमा जनही ५० हजार राशिको उत्कृष्ट लघु उद्यमी सदस्य पुरस्कार विमला थारु, जमुना घिमिरे र आशा बुढामगरलाई प्रदान गरिएको थियो।
