गायक सुगम पोखरेलको स्वरमा भक्ति गीत ‘जय जय शङ्कर’ सार्वजनिक गरिएको छ ।
डिजिसेन्स नेपाल प्रा. लिले निर्माण गरेको गीतमा स्वर्गीय नातिकाजीको सङ्गीत रहेको छ भने मोहित मुनालले पुनः संयोजन तथा नयाँ सङ्गीत संयोजन गरेका छन् । गीतमा थप शब्द विजय अधिकारीले दिएका छन्।
गीतको भिडियो हुम्ला जिल्लाको लिमी उपत्यकाको लाप्चामा ५१०० मिटरको उचाइमा खिचिएको हो । यस स्थानबाट प्रत्यक्ष रूपमा कैलाश पर्वत र मानसरोवर ताल देखिने भएकाले यो धार्मिक, सांस्कृतिक र पर्यटन दृष्टिले प्रचुर सम्भावना बोकेको छ । निर्माण पक्षले संसारमै पहिलो पटक यस दुर्गम क्षेत्रमा म्युजिक भिडियो खिचिएको दाबी गरेको छ ।
बद्रीप्रसाद तिवारीको एकल अभिनय रहेको भिडियो विजय अधिकारीले निर्देशन गरेका हुन् । किरण थापाले कोरियोग्राफी रहेको भिडियोमा हरि हुमागाईँको छायाङ्कन, भरत रेग्मीको सम्पादन छ । भिडियो डिजिसेन्स नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
