१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

संसद् विघटन जनताको लोकतान्त्रिक अधिकारमाथिको आक्रमण : राष्ट्रिय जनमोर्चा

राष्ट्रिय जनमोर्चाले प्रतिनिधिसभा विघटन गर्ने सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको निर्णय गलत भएको जनाउँदै त्यसको विरोध गरेको छ । शनिबार सो पार्टीका अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा विघटन गर्ने निर्णयको विरोध गरेका हुन् ।

सो पार्टीले संसद् विघटन जनताको लोकतान्त्रिक अधिकारमाथिको आक्रमण भएको बताउँदै जेनजी आन्दोलनका अगुवाहरूको मागका विरुद्ध  राष्ट्रपतिले अडान लिन नसकेको आरोप समेत लगाएको छ ।

जेनजी आन्दोलनलाई राजावादीहरू समेत आफ्नो पक्षमा लैजाने कसरत गरेको बताउँदै तर उनीहरू त्यसमा सफल हुन नसकेको विज्ञप्तिमा जनाइएको छ ।

जनमोर्चाले संसद् बाहिरबाट अन्तरिम सरकारको गठन र संसद्को विघटनबाट प्रतिगामी शक्तिहरूलाई मद्दत पुग्न नहुने भन्दै गणतन्त्रका पक्षधर सम्पूर्ण राजनीतिक दलहरूको ध्यानाकर्षण समेत गराएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय