१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

सुशीला कार्कीको नेतृत्वमा उज्यालो भविष्यको आशा : अभिनेता पल शाह

नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी सुशीला कार्कीलाई बधाई दिने क्रम जारी छ। यसबिच, चर्चित अभिनेता पल शाहले पनि सामाजिक सञ्जालमार्फत उनलाई हार्दिक बधाई र शुभकामना व्यक्त गरेका छन्।

फेसबुकमा उनले लेखेका छन्, ‘आज देशको इतिहासमा सुनौलो अक्षरले लेखिने क्षण आएको छ। नेपालको इतिहासमा पहिलो महिला प्रधानमन्त्रीका रूपमा नियुक्त हुनुभएकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई हृदयदेखि हार्दिक बधाई अर्पण गर्छु। आमा भनेको केवल घरको आधार मात्र होइन, परिवारको माया, अनुशासन र न्यायको प्रतीक हो। अब त्यो आमाको ममतामयी स्पर्श, इमानदार हृदय र दृढ आत्मबलले मुलुकलाई नेतृत्व गर्ने अवसर पाएको छ।’

उनले थप लेखे, ‘युवापुस्ताको दरिलो सपना र संघर्षको प्रतिनिधित्व गर्दै तपाईंको नेतृत्वमा नयाँ आशाको यात्रा सुरु भएको छ। जेन-जीको सपना र बलिदान, जनताको आशा र देशको सर्वोपरि हितलाई केन्द्रमा राख्दै तपाईंको नेतृत्वले उज्यालो भविष्यको बाटो देखाओस् भन्ने हाम्रो शुभकामना छ। हामी युवा न्याय, इमानदारी र पारदर्शिताका लागि सधैँ तपाईंको साथमा रहनेछौँ।’

पल शाहले आन्दोलनमा सहिद भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै लेखे, ‘यो आमूल परिवर्तनको लागि आफ्नो अमूल्य जीवनको बलिदान दिनुभएका सम्पूर्ण सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली। तपाईंहरूलाई देशले सधैं सम्झिरहनेछ। साथै आन्दोलनमा घाइते हुनुभएका सम्पूर्ण जेनरेशन जेड (जेन-जी) युवाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्छु। जय नेपाल’

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय