२३ कार्तिक २०८२, आइतबार
२३ कार्तिक २०८२, आइतबार

नेपाल सुन्दर भए पनि जोखिमपूर्ण छ : गृहमन्त्री अर्याल

गृहमन्त्री ओमप्रकाश अर्यालले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन्। सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भौगोलिक रूपमा नेपाल सुन्दर भए पनि त्यत्तिकै जोखिमपूर्ण रहेको धारणा राखेका हुन्।

गृहमन्त्री अर्यालले नेपाल भूकम्प, बाढी, पहिरो, डुबान, आगलागी, सुख्खा लगायतका प्राकृतिक तथा मानवसिर्जित विपद्हरूको उच्च जोखिममा रहेको उल्लेख गरे। उनले २०७२ सालको भूकम्प र त्यसपछिको बाढीपहिरोले विपद् पूर्वतयारी र जोखिम न्यूनीकरणको महत्त्वलाई गम्भीर रूपमा बोध गराएको बताए।

‘हामीले विपद्लाई प्राकृतिक मात्र नभई सामाजिक, संरचनात्मक र नीतिगत कमजोरीसँग पनि जोडेर हेर्नु आवश्यक छ,’ उनले भने।

गृहमन्त्रीका अनुसार संविधान, राष्ट्रिय नीति तथा कानुनहरूले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी कार्यहरू सबैको समन्वय, सहकार्य र सहभागितामा सम्पादन हुने व्यवस्था गरेको छ। केन्द्रदेखि स्थानीय तहसम्म विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका विभिन्न संयन्त्रहरू क्रियाशील रहेको उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय