२३ फाल्गुन २०८२, शनिबार
२३ फाल्गुन २०८२, शनिबार

फागुन २१ गते क्यूएफएक्सका सबै सिनेमा हल बन्द हुने

निर्वाचनका दिन (फागुन २१ गते) क्यूएफएक्सका सबै सिनेमा हल बन्द हुने भएका छन् ।

नेपालको सबैभन्दा ठुलो मल्टिप्लेक्स चेनले एक सूचना जारी गर्दै निर्वाचनलाई सहजीकरण गर्न फागुन २१ गते देशभर रहेका क्यूएफएक्सका सम्पूर्ण हलहरू बन्द गर्न लागेको जनाएको हो ।

कर्मचारीहरूलाई मतदान गर्न प्रोत्साहन गरिएकाले फागुन २० र २२ गते केही स्थानका हलहरूको सेवा प्रभावित हुने जनाएको छ । दर्शकलाई हलमा जानुअघि क्यूएफएक्सको आधिकारिक एप वा वेबसाइटमार्फत जानकारी लिन आग्रह गरिएको छ ।

निर्वाचन अवधिभर दर्शकहरूको साथ र समझदारीको अपेक्षा व्यक्त गर्दै क्यूएफएक्सले सबै नागरिकलाई आफ्नो मताधिकार प्रयोग गर्न पनि अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय