२३ फाल्गुन २०८२, शनिबार
२३ फाल्गुन २०८२, शनिबार

निर्वाचन प्रभाव: राष्ट्रिय लिग २३ गतेसम्मका लागि स्थगित

आसन्न प्रतिनिधि सभा निर्वाचनका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) ले जारी राष्ट्रिय लिग फुटबल प्रतियोगिता स्थगित गरेको छ।

निर्वाचनको समयमा खेल सञ्चालन गर्न असहज हुने भन्दै एन्फाले फागुन १८ देखि २३ गतेसम्मका लागि लिगका सम्पूर्ण खेलहरू रोक्ने निर्णय गरेको हो।

एन्फाद्वारा जारी विज्ञप्तिअनुसार निर्वाचन अवधिभरका लागि रोकिएको लिग फागुन २४ गतेदेखि पुनः सुचारु हुनेछ। जारी लिगमा देशका कुल १७ वटा टोलीहरूले प्रतिस्पर्धा गरिरहेका छन्।

प्रतियोगिताअन्तर्गत हालसम्म ६८ वटा खेलहरू सम्पन्न भइसकेका छन्।

लिगका खेलहरू ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी थियो। फागुन २४ गतेपछि बाँकी रहेका खेलहरू पनि यिनै मैदानमा पूर्ववत् रूपमै सञ्चालन हुने एन्फाले जनाएको छ।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय