रोल्पामा वर्षमानको फराकिलो अग्रता

रोल्पामा नेपाली कम्युनिष्ट पाटीका नेता वर्षमान पुनले निरन्तर अग्रता लिएका छन्।

पछिल्लो अपडेटअनुसार रोल्पामा २ हजार ५९३ मतगणना हुँदा उनले १ हजार ४२१ मत प्राप्त गरेका छन् । गुलाफको फुल चिन्हबाट उम्मेदवार बनेका नेकपा माओवादीका चुडामणी वलीले ५५७ मत ल्याएका छन्।

यस्तै, कांग्रेसका डा. सुदन कुमार वलीले १५६ मत पाउँदा एमालेका गोकुल घर्तीले २११ र रास्वपाका बालाराम थापाले ७७ मत ल्याएका छन्।

बिहीबार सम्पन्न मतदानमा रोल्पामा ४६.३९ प्रतिशत अर्थात ६९ हजार ४ सय ८ मत खसेको थियो।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय