चलचित्र ‘एक भगवत र एक गीता’ युट्युवमा सार्वजनिक

सन् २०२३ मा प्रदर्शनमा आएको चलचित्र ‘एक भगवत र एक गीता’ दुई वर्षपछि युट्युवमा सार्वजनिक भएको छ।

झरना थापाको निर्देशनमा बनेको चलचित्रमा विपिन कार्की, सुहाना थापा र धिरज मगरको मुख्य भूमिकामा छ । सोमबार युट्युवमा सार्वजनिक भएको चलचित्रको रनटाइम दुई घण्टा आठ मिनेटको रहेको छ।

‘एक भगवत र एक गीता’ले यौनिक अल्पसंख्यकको कथावस्तु र सन्देशलाई केन्द्रमा राखेको छ। चलचित्रले प्रदर्शनको समयमा चर्चा तथा विवाद उत्तिकै पाएको थियो।

उक्त चलचित्रमा कार्की अल्पसंख्यकका भूमिकामा देखिएका छन्। चलचित्रले विशेष गरी तेस्रो लिङ्गी समुदायले जीवनमा भोगेका संघर्ष र उनीहरूमाथि हुने विभेदलाई उजागर गर्ने प्रयास गरेको छ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय