गोकुल बास्कोटाको टिप्पणी : कम्युनिस्ट सक्किएको त छैन, नसच्याए अर्को पल्ट सकिन्छ

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले नेपाली कम्युनिष्ट आन्दोलन र तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उदय र पतनबारे टिप्पणी गर्दै अब पनि नसच्चिए आगामी दिनमा गम्भीर संकट आउने चेतावनी दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा बिहीबार आफ्नो धारणा सार्वजनिक गर्दै नेता बास्कोटाले पाँच वर्षअघि नै आफूले नेकपाको ‘क्लाईमेक्स’ (उत्कर्ष) र ‘कोल्याप्स’ (पतन) को समयबारे आँकलन गरेको स्मरण गरेका छन्। वामपन्थी पार्टीहरू मिल्दा जनतामा अभूतपूर्व उत्साह देखिए पनि आन्तरिक जग कमजोर हुँदा एकता टिक्न नसकेको उनको तर्क छ।

बास्कोटाले लेखेका छन्, ‘पाँच वर्षअघि मैले भनेको थिएँ– यो नेकपाको क्लाईमेक्स र कोल्याप्सको समय हो। वाम पार्टी मिलेका थिए र जनतामा अभूतपूर्व उत्साह थियो। तर विचार, संगठन र व्यवहार दुई मितको अधीनस्थ थिए र एकताको आधार कमजोर।’

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय