कार्की आयोगको अयोग्यता र पूर्वाग्रहलाई उजागर गरेको छ– पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले भदौ २३ र २४ को घटनाका सम्बन्धमा जाँचबुझ आयोगको प्रतिवेदनका नाममा बाहिर आएको कुराले आयोगको अयोग्यता र पूर्वाग्रहलाई उजागर गरेको बताएका छन्।

महासचिव पोखरेलले अनुसन्धानका आधार पूर्वाग्रह र प्रतिसोध नभइ तथ्य र प्रमाण हुनुपर्ने बताएका हुन्।

‘कार्की आयोगको प्रतिवेदनका नाममा जे कुरा बाहिर आइरहेका छन् त्यसले आयोगका सदस्यको अयोग्यता र पूर्वाग्रहलाई उजागर गरिरहेको छ,’ उनले सामाजिक सञ्जाल एक्समा लेखेको छन्, ‘पूर्वाग्रह र प्रतिसोध होइन, तथ्य र प्रमाण अनुसन्धानका आधार हुन्।’

भदौ २३ र २४ को घटनाबारे छानबिन गर्न सरकारले गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग बनाएको थियो। आयोगले गत फागुन २४ गते प्रतिवेदन हस्तान्तरण गरिसकेको छ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय