आशा भोसलेलाई हृदयघात भएको होइनः जनाई भोसले

समाचार सारांश
Auto Generated by AI
  • आशा भोसलेलाई हृदयघात भएको खबर गलत रहेको नातिनी जनाईले स्पष्ट पारेकी छिन्।
  • अत्यधिक थकान र छातीको संक्रमणका कारण उनी अस्पतालमा उपचाररत छिन्।
  • उनको स्वास्थ्य सुधारोन्मुख रहेको र छिट्टै राम्रो खबर दिने परिवारले जनाएको छ।

बलिउडकी दिग्गज गायिका आशा भोसलेको स्वास्थ्यलाई लिएर सामाजिक सञ्जालमा फैलिएको हल्लाबारे उनकी नातिनी जनाई भोसलेले खण्डन गरेकी छिन्।

शनिबार उनलाई कार्डियाक एरेस्ट (हृदयघात) भई मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको भन्दै सञ्चार माध्यमले लेखेपछि उनले यसबारे बोलकी हुन्।

उनले हृदयघात भएको खबरलाई गलत रहेको बताएकी छिन्। उनले आइतबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै भनिन्, ‘मेरो हजुरआमा आशा भोसले अत्यधिक थकान र छातीको संक्रमणका कारण अस्पतालमा भर्ना हुनु भएको छ। उहाँको उपचार भइरहेको छ र सबै ठीक हुनेछ भन्ने आशा छ। हामी छिट्टै तपाईंहरूलाई राम्रो खबर दिनेछौँ।’

९२ वर्षीय आशाले आफ्नो करियरमा १२ हजारभन्दा बढी गीत गाएकी छन्। उनका ‘दम मारो दम’, ‘पिया तू अब तो आजा’ र ‘चुरा लिया है तुमने’ जस्ता गीतहरू आज पनि उत्तिकै लोकप्रिय छन्। उनले १४ भन्दा बढी भाषामा गीत गाएकी छन्।

उनी प्रसिद्ध गायक दीनानाथ मंगेशकरकी छोरी र महान गायिका लता मङ्गेशकरकी बहिनी हुन्। सानो उमेरमै बुवाको निधन भएपछि उनले लतासँगै परिवार धान्न गाउन सुरु गरेकी हुन्।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय