उपचारका लागि मुख्यमन्त्री शाह दिल्ली प्रस्थान

समाचार सारांश
Auto Generated by AI
  • सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह स्वास्थ्य उपचारका लागि दिल्ली गएका छन्।
  • उनलाई हड्डी र नसासम्बन्धी समस्या भएकाले दिल्लीको म्याक्स अस्पतालमा उपचार गराइनेछ।
  • उपचार सकेर उनी केही दिनपछि प्रदेश फर्कने सचिवालयले जनाएको छ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह आफ्नो स्वास्थ्य उपचारका लागि नयाँ दिल्ली प्रस्थान गरेका छन्।

मुख्यमन्त्री शाहको सचिवालयले सार्वजनिक गरेको जानकारी अनुसार उनी आज (बुधबार) बिहान ६ बजे सडकमार्ग हुँदै दिल्लीतर्फ लागेका हुन्। उनलाई हड्डी र नसासम्बन्धी समस्या रहेको छ। यसअघि पनि उनले दिल्लीको म्याक्स सुपर स्पेसियलिटी हस्पिटलमा उपचार गराएका थिए।

शाह केही दिन दिल्लीमा रहने र उपचारपश्चात् प्रदेश फर्कने बताइएको छ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय