
- पूर्वमन्त्री दीपक खड्काको सम्पत्ति शुद्धीकरण अनुसन्धान फाइल अख्तियारमा पठाइएको छ।
- गृहमन्त्री गुरुङले अख्तियार प्रमुखसँग भेटेर अनुसन्धान प्रक्रियाबारे छलफल गरेका छन्।
- खड्कालाई चैत १५ गते केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो।
सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका पूर्वमन्त्री दीपक खड्काको अनुसन्धान फाइल सम्पत्ति शुद्धीकरण विभागले अख्तियारमा पठाएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सोमबार खड्काविरुद्ध संकलन भएको प्रारम्भिक प्रमाणसहित आयोगको कार्यालयमा पठाएको हो । सम्पत्ति शुद्धीकरणले फाइल पठाएसँगै गृहमन्त्री सुधन गुरुङ टंगालस्थित अख्तियारको कार्यालयमा पुगेर प्रमुख आयुक्त प्रेम राइसँग भेट गरेका छन् ।
उनीहरूको बिचमा दीपक खड्काको अनुसन्धान अघि बढाउनेबारे छलफल भएको अख्तियारका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए । खड्कालाई चैत १५ मा केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको थियो । पक्राउ गरेपछि उनीमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले म्याद लिएर अनुसन्धान गरिरहेको थियो ।
