‘जिरो डिग्री’ को सुटिङ्ग सकियो

समाचार सारांश
Auto Generated by AI
  • डार्क कमेडी चलचित्र जिरो डिग्रीको छायाङ्कन ३७ दिनमा सम्पन्न भएको छ।
  • पोखराका विभिन्न स्थानमा खिचिएको यो चलचित्रको छायाङ्कन कठिन मौसमका बीच पूरा गरिएको हो।
  • लगातार वर्षा र ३० घण्टासम्मको निरन्तर छायाङ्कनका बाबजुद पनि सेटको वातावरण ऊर्जावान् रहेको थियो।

डार्क कमेडी विधाको चलचित्र ‘जिरो डिग्री’ को छायाङ्कन सम्पन्न भएको छ । मेघौली फिल्म्सको ब्यानरमा निर्माण भएको यस चलचित्रको ३७ दिनको नियमित तालिकापछि छायाङ्कन सकिएको हो ।

चलचित्रको सम्पूर्ण छायाङ्कन पोखरा आसपासका रमणीय तथा मौलिक बस्तीहरू अर्मलाकोट, धिताल, घार्मी र बगरमा गरिएको छ । छायाङ्कनका क्रममा निर्माण टोलीले मौसमको ठुलो चुनौती सामना गर्नु परेको थियो ।

हरेक दिनजसो पानी परिरहे पनि सुटिङलाई निरन्तरता दिइएको थियो भने अन्तिम समयतिर लगातार ३० घण्टासम्म पनि छायाङ्कन गरिएको थियो । यस्तो कठिन परिस्थितिमा पनि सेटको माहोल निकै रमाइलो र ऊर्जावान् रहेको निर्देशक आकाश बरालले बताएका छन् ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय