विजयको ‘जन नायगन’ को प्रदर्शन मिति तय

समाचार सारांश
Auto Generated by AI
  • थलापति विजयको फिल्म जन नायगन अब सन् २०२६ को मे ८ मा प्रदर्शन हुने भएको छ।
  • सेन्सर बोर्डको विवाद र अनलाइन लिकका बाबजुद यो फिल्मलाई लिएर दर्शकमा उच्च उत्साह छ।
  • एच. विनोथ निर्देशित यस अन्तिम फिल्ममा विजयसँगै बबी देओल र पूजा हेगडेको मुख्य अभिनय छ।

दक्षिण भारतीय सुपरस्टार थलापति विजयको बहुप्रतीक्षित फिल्म ‘जन नायगन’ को अन्ततः नयाँ प्रदर्शन मिति तय भएको छ।

सेन्सर बोर्डसँगको लामो विवादपछि फिल्म अब ८ मे, २०२६ (वैशाख २५) मा विश्वव्यापी प्रदर्शनमा आउने भएको हो।

राजनीतिक एक्सन ड्रामाका रूपमा निर्माण भएको यो फिल्मको नयाँ प्रदर्शन मितिबारे औपचारिक घोषणा भने हुन बाँकी रहेको भारतीय संचारमाध्यम पिंकभिल्लाले जनाएको छ।

केभीएन प्रोडक्सन्सको ब्यानरमा बनेको फिल्म केही दिनअघि अनलाइनमा लिक भएको बताइएको थियो। यसले व्यापारमा असर पार्ने अनुमान गरिए पनि विजयको स्टारडमका कारण फिल्मले सुरूआती दिनमा ठूलो ओपनिङ गर्ने विश्वास गरिएको छ।

यो विजयको अन्तिम फिल्म मानिएकाले पनि दर्शकमाझ उत्साह उच्च रहेको बताइन्छ। फिल्म तमिलनाडु निर्वाचन परिणाम सार्वजनिक भएपछि रिलिज हुन लागेको हो। विजय र उनको पार्टीको चुनावी नतिजाले पनि फिल्मको व्यापारमा  विजय प्रभाव पार्न सक्ने चर्चा भइरहेको छ।

एच. विनोथ निर्देशित ‘जन नायगन’ मा विजय पूर्व प्रहरी अधिकृतको भूमिकामा देखिने जनाइएको छ। मुख्य खलपात्रका रूपमा बबी देओल छन् भने अभिनेत्रीका रूपमा पूजा हेगडेले अभिनय गरेकी छन्। साथमा ममिता बैजू, गौतम वासुदेव मेनन, प्रकाश राज, प्रियामणि, नरैनलगायत कलाकारहरूको पनि अभिनय छ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय