निश्चल बस्नेतको भड्काउ अभिव्यक्ती : चलचित्र विकास बोर्ड र सेन्सर बोर्ड खारेज गरौँ

समाचार सारांश
Auto Generated by AI
  • चलचित्र लालीबजारको प्रदर्शन रोक्ने अदालतको आदेशप्रति निर्देशक निश्चल बस्नेतले असन्तुष्टि व्यक्त गरेका छन्।
  • उनले चलचित्र विकास बोर्ड र सेन्सर बोर्ड खारेज गर्नुपर्ने माग राख्दै फिल्मकर्मीको मनोबल गिरेको बताएका छन्।
  • वादी समुदायको विषयवस्तुमा विवाद भएपछि उच्च अदालत पाटनले लालीबजारको प्रदर्शनमा रोक लगाएको छ।

चलचित्र निर्देशक तथा कलाकार निश्चल बस्नेतले चलचित्र विकास बोर्ड र सेन्सर बोर्ड खारेज गर्न माग गरेका छन् । प्रदर्शनको अन्तिम तयारीमा रहेको चलचित्र ‘लालीबजार’ लाई अदालतले प्रदर्शनमा रोक लगाउने आदेश दिएपछि बस्नेतले आक्रोश व्यक्त गर्दै यस्तो धारणा राखेका हुन् ।

यम थापा निर्देशित चलचित्र ‘लालीबजार’ वैशाख १८ गतेदेखि देशभर प्रदर्शन हुने तयारीमा थियो । तर, वादी समुदायको विषयमा फिल्ममा समेटिएको विषयवस्तुप्रति असन्तुष्टि जनाउँदै रोशनी नेपालीले सोमबार मुद्दा दायर गरेकी थिइन् । उक्त रिटमाथि सुनुवाइ गर्दै उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुङ्गानाको एकल इजलासले मङ्गलबार अल्पकालीन अन्तरिम आदेश जारी गर्दै फिल्मको प्रदर्शन रोक्न आदेश दिएको छ ।

अदालतको यो आदेशप्रति टिप्पणी गर्दै निर्देशक बस्नेतले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो असन्तुष्टि पोखेका छन् । उनले अदालतको आदेश सबैले मान्नुपर्ने भए पनि फिल्म र फिल्मकर्मीहरूको पीडा बुझ्न आवश्यक रहेको उल्लेख गरेका छन् ।

बस्नेतले लेखेका छन्, ‘सम्माननीय अदालतको आदेश नमान्ने कुरै भएन, आदेश सबैले मान्नुपर्छ । तर कुरा जब फिल्मको र फिल्मकर्मीहरूको आउँछ तब फिल्म केका लागि बनाइन्छ, कसरी बनाइन्छ भन्ने कुरा पनि बुझ्नुपर्छ होला । एकतर्फी रूपमा मात्रै हेरेर यसरी नै रिलिजको मुखैमा मुद्दा पर्दै अदालतले निर्णय गर्दै जाने हो भने चलचित्रकर्मीको मनोबल त गिर्छ नै, एकचोटि हैन बारम्बार।’

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय