महिला टी-२० च्यालेन्ज ट्रफी : नेपालले भानुआटुसँग खेल्दै

समाचार सारांश
Auto Generated by AI
  • रुवाण्डामा आज नेपाल र भानुआटुबीच टी-२० क्रिकेट प्रतिस्पर्धा हुँदैछ।
  • नेपाली समयअनुसार साँझ ४:४५ बजे खेल सुरु हुनेछ।
  • पछिल्लो हारको बदला लिँदै नेपाल आज जित निकाल्ने लक्ष्यमा छ।

रुवाण्डामा जारी आईसीसी महिला टी-२० च्यालेन्ज ट्रफी अन्तर्गत बिहीबार नेपालले भानुआटुसँग प्रतिस्पर्धा गर्दैछ।

यो खेल रुवान्डाको किगालीस्थित गहंगा क्रिकेट ओभलमा नेपाली समय अनुसार साँझ ४:४५ बजेबाट सुरु हुनेछ। जारी प्रतियोगिता डबल राउन्ड रोबिन लिगका आधारमा भइरहेको छ, जहाँ सहभागी सबै ५ टोलीले एक-एक चरणको खेल खेलिसकेका छ।

जसअन्तर्गत नेपाल यसअघि भानुआटुसँग २२ रनले पराजित भएको थियो। आज त्यो हारको बदला लिने उद्देश्यसहित नेपाल भानुआटुलाई हराउने लक्ष्यमा हुनेछ।

भानुआटु भने नेपाललाई फेरि हराउने दाउमा हुनेछ। नेपाल अमेरिकासँग २ पटक पराजित हुँदा भानुआटुसँग १ पटक पराजित भएको छ। त्यस्तै, नेपालले इटाली र घरेलु टोली रुवाण्डामाथि जित हासिल गरेको छ।

जारी प्रतियोगितामा शीर्ष रहने टोलीले प्रतियोगिताको उपाधि जित्ने छ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय