संविधान संशोधनमा गोकुल बास्कोटाका सुझाव– प्रदेश र जिसस खारेज, उपराष्ट्रपति राष्ट्रिय सभा अध्यक्ष

समाचार सारांश
Auto Generated by AI
  • गोकुल बास्कोटाले संविधान संशोधन गर्दा प्रदेश संरचना र जिल्ला समन्वय समिति खारेज गर्न सुझाव दिएका छन्।
  • उनले प्रतिनिधिसभाबाट समानुपातिक प्रणाली हटाएर राष्ट्रिय सभालाई पूर्ण समावेशी बनाउनुपर्ने धारणा राखेका छन्।
  • राष्ट्रिय सभामा १०५ सिट कायम गरी महिला-पुरुषको ५० प्रतिशत प्रतिनिधित्व र उपराष्ट्रपतिको सभाध्यक्षता हुनुपर्ने उनको माग छ।

 नेकपा एमालेका गोकुलप्रसाद बास्कोटाले संविधान संशोधन गर्ने भए प्रदेश संरचना र जिल्ला समन्वय समिति (जिसस) खारेज गर्न सुझाव दिएका छन् ।

साथै राष्ट्रिय सभा पूरै समावेशी बनाउन र प्रतिनिधिसभाबाट समानुपातिक हटाउन पनि उनले सुझाव दिएका छन् । उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन उपयुक्त हुने उनको राय छ ।

पूर्वमन्त्री समेत रहेका बास्कोटाले आज सामाजिक सन्जाल फेसबुकमार्फत् सो सुझाव दिएका हुन् ।

सरकारको नेतृत्वकर्ता दल रास्वपाले पहिले संघीयता खारेज हुनुपर्ने भनेको स्मरण गर्दै उनले प्रश्न गरेका छन्– ‘अब संविधान संशोधन गर्ने कि नाई ?’

‘गर्ने हो भने केन्द्र र पालिका होस्,’ उनले भनेका छन् । राष्ट्रिय सभा १०५ सिट बनाउन र महिला र पुरुष ५०–५० प्रतिशत प्रतिनिधित्व गराउन उनले सुझाव दिएका छन् ।

संविधान संशोधनमा सुझाव दिँदै बास्कोटाले थप लेखेका छन्, ‘राष्ट्रिय सभा १०५ सिट, पुरै समाबेसी महिला पुरुष ५०–५० प्रतिशत उपराष्ट्रपति नै सभाध्यक्ष हुने व्यवस्था होस् ।’

‘प्रतिनिधिसभा समानुपातिक सिट खारेज, महिला पुरुष ४०–६० प्रतिशत प्रत्यक्ष । जिसस पर्दैन,’ उनको धारणा छ ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय