भ्रातृ संगठनमा नेतृत्व चयन भएको छैन : सभापति थापाको सचिवालय

समाचार सारांश
Auto Generated by AI
  • नेपाली कांग्रेसका भ्रातृ संगठनमा कसैलाई पनि नेतृत्वमा मनोनयन गरिएको छैन।
  • सामाजिक सञ्जालमा फैलिएको नियुक्ति सम्बन्धी हल्ला निराधार रहेको सचिवालयले जनाएको छ।
  • म्याद थप नभएका कारण कांग्रेसका पाँच भ्रातृ संगठनहरू यसअघि नै विघटन भइसकेका छन्।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको सचिवालयले कुनै पनि भ्रातृ संगठनको नेतृत्व चयन नगरिएको बताएको छ ।

सामाजिक सञ्जालमा भ्रातृ संगठनको नेतृत्वमा मनोनित भएको भन्दै विभिन्न व्यक्तिलाई बधाईको ओइरो आइरहेका बेला सचिवालयले यस्तो प्रतिक्रिया दिएको हो ।

सभापति थापाका स्वकीय सचिव शंकर कुइकेलले कुनै पनि भ्रातृ संगठनको नेतृत्व मनोनित नगरिएको जानकारी दिए । ‘कसैलाई पनि मनोनति गरिएको छैन,’ उनले भने, ‘बेकारको हल्ला हो ।’

केन्द्रीय कार्यसम्पादन समितिको २१ वैशाखमा बसेको बैठकले म्याद थप्ने निर्णय नगरेपछि १३ मध्ये पाँच वटा भ्रातृ संगठनका केन्द्रीय कार्यसमितिहरू स्वतः विघटन भएका थिए ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय