चोरीका गरगहनासहित पक्राउ परे तीन जना, २२ लाख नगद पनि बरामद

ललितपुरका विभिन्न ठाउँमा चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

सानेपास्थित एक घरबाट १८ लाख ५० हजार र त्यही ठाउँको अर्को घरबाट १५ लाख ३५ हजार रुपैयाँ बराबरको चोरी आरोपमा तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिए।

प्रहरीले चोरी गर्ने, चोरीको सामान बेच्ने र किन्ने तीन जनालाई पक्राउ गरेको हो। चोरीको अभियोगमा प्रहरीले सप्तरी घर भई सानेपा बस्ने २४ वर्षीय समिर चौधरीलाई पक्राउ गरेको छ।

उनले चोरेको गरगहनालाई ललितपुरको कुपण्डोल बस्ने ४८ वर्षीया पूजा शर्मा जोशीले बिक्री गरेको आरोप छ।

त्यस्तै चोरीको सामान किनेको आरोपमा न्यूरोड प्यूखा चोकमा सुन पसल गरी बसने ४५ वर्षीय श्रवन कुमारलाई पक्राउ गरेको छ।  उनले चोरीको सामान किनेर गाल्ने समेत गरेको आरोप छ।

प्रहरीले उनीहरूबाट विभिन्न चोरीका गरगहना र २२ लाख नगद बरामद गरेको छ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय