जिर्ण अर्घाखाँची कारागारलाई बजेटको अभाव, क्षमता भन्दा दोब्बर बढी कैदिबन्दी

  
जिर्ण अर्घाखाँची कारागारलाई बजेटको अभाव, क्षमता भन्दा दोब्बर बढी कैदिबन्दी

अर्घाखाँची कारागार ।

अर्घाखाँची । अर्घाखाँची कारागारमा क्षमता भन्दा दोब्बर बढी कैदिबन्दी राखिएको छ । पच्चीस जना कैदिको क्षमता रहेको कारागारमा दोब्बर बढी कैदिबन्दी राखेपछी उनीहरु कष्टकर जीवन बिताउन बाध्य भएका छन् ।

हाल कारागारमा ५७ जना पुरुष र तिन जना महिला गरी ६० जना कैदिबन्दी रहेका छन् । क्षमता भन्दा दोब्बर बढी कैदी राख्दा उनीहरुले पाउनु पर्ने न्युनतम सुविधा सम्म पाएका छैनन् । बजेट अभावले कारागारको स्तरोन्नती हुन नसक्दा कैदीहरु समस्यामा छन् । अहिले भवन भन्दा वरिपरीको पर्खाल जिर्ण हुँदा समस्या भएको जिल्ला कारागार अर्घाखाँचीका जेलर कृष्णप्रसाद आचार्यले बताए । ‘कारागार व्यवस्थापन विभागले गत वर्ष एउटा भवन बनाईदिएको छ, उनले भने,‘कम्पाउन्ड जिर्ण हुँदा त्यहाँ कैदिबन्दी सार्न सकिएको छैन ।’ त्यो भवन प्रयोगमा आएपछी झन्डै ८० जना राख्न सकिने उनको भनाई छ ।

विसं. २०४५ सालमा निर्माण गरिएको कारागार द्वन्दकालमा क्षतीग्रस्त भएको थियो । टालटुल पारेर २०७१ सालदेखी यहाँ कैदिबन्दी राख्न सुरु गरिएको हो । बजेटको व्यवस्था भए कम्पाउन्ड मर्मत गरेर नयाँ भवनमा कैदी सार्न सकिने भएपनी त्यहाँ कसैको नजर पुग्न सकेको छैन । कोचाकोच भएर बस्नुपर्ने बाध्यताकै बिच यहाँ रहेका कैदिबन्दीले विभिन्न सिपमुलक तालिमहरु लिईरहेका छन् । गतवर्ष बाँसबाट बन्ने ¥याक र कुर्सी बनाउने तालिम दिईएकोमा यस वर्ष मुडा बुन्ने तालिम दिईएको कारागारका सई कृष्ण तामाङले बताए । ‘क्षमता विकासका विभिन्न तालिम दिईरहेका छौं, उनले भने,‘प्रती मुडा चार सय २० रुपैयामा बेचिरहेका छन् ।’ सिपमुलक तालिम पछी कैदिबन्दीले राम्रै आम्दानी गरिरहेको उनले बताए ।

कारागारको मर्मतका लागि ठोस बजेट नआएकाले दुःख खेप्नु परेको कारागार प्रमुख आचार्यको भनाई छ । कारागार बनेको धेरै वर्ष भईसकेको र द्वन्दकालमा क्षतीग्रस्त भएकाले जिर्ण अवस्थामा रहेको उनको भनाई छ । आफुहरुले सम्बन्धित निकायमा आवश्यक बजेटको माग गरिरहेको उनले बताए ।

 

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय