सुनको मूल्य थाेरै घट्याे

स्थानीय बजारमा पहेंलो धातु सुनको मूल्य तोलामा एक हजार रुपैयाँले ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आइतबार प्रतितोला एक लाख ४२ हजार रुपैयाँमा कारोबार भएकोमा आजका सोही परिमाणको सुनको मोल एक लाख ४१ हजार रुपैयाँ निर्धारण भएको छ।

यसैगरी तेजाबी सुन आइतबार प्रतितोला एक लाख ४१ हजार तीन सयमा कारोबार भएकोमा आज त्यति नै परिमाणको सुनको मूल्य एक लाख ४० हजार तीन सय निर्धारण भएको छ।

महासंघले चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको बताएको छ। आइतबार प्रतितोला एक हजार आठ सय ५० मा कारोबार भएको चाँदी आज एक हजार आठ सय ३५ मा खरिद–बिक्री भइरहेको छ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय