१७ दिनअँघि मात्र एमाले सुनसरीको अध्यक्ष बनेका निलमको निधन

नेकपा एमाले सुनसरीका अध्यक्ष निलम खनालको मृत्यु भएको छ । लामो समयदेखि प्याक्रियाज सम्बन्धीको विरामी रहेका खनालको उपचारका लागि भारतको हैदराबाद लगिएको थियो ।

उपचारको क्रममा खनालको मृत्यु भएको एमाले सुनसरीका पूर्व अध्यक्ष रेवतीरमण भण्डारीले बताए । खनाल नेकपा एमाले सुनसरी जिल्लाको आठौं जिल्ला अधिबेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए ।

जेठ ५ गते देखि ७ गतेसम्म भएको अधिवेशनमा उनी अध्यक्षमा निर्वाचित भएका थिए । निर्वाचित भएसँगै बिरामीले च्यापेपछि थप उपचारका लागि उनलाई जेठ २२ गते हैदराबाद लगिएको थियो ।

उनको उपचारका क्रममा मृत्यु भएको एमाले सुनसरी सचिव राम कोइरालाले बताए । खनाल यसअघि एमाले सुनसरीको उपाध्यक्ष थिए ।
तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय