पाल्पामा चट्याङ लागेर एक जनाको मृत्यु

मपाल्पामा चट्याङले हान्दा एक जनाको मृत्यु भएको छ ।

रैनादेवी छहरा गाउँपालिका ३, डाँडागाउँका बिमल प्रसाद पन्तलाई चट्याङले हान्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

५६ वर्षिय पन्तलाई घरमै बसिरहेका बेला चट्याङले लागेको थियो । घाईते भएका उनलाई लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका लागि लगिएकामा अस्पतालले उनलाई मृत घोंषणा गरेको थियो ।

घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी (डिएसपी) सुगन्ध श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय