गुल्मीमा ४ दिनदेखि बेपत्ता व्यक्ति मृत भेटिए

गुल्मीमा एक जना व्यक्ति मृत फेला परेका छन् ।

इस्मा गाउँपालिका-१ निवासी ६२ वर्षका ठगबहादुर राना मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए ।

घरबाट जेठ ३२ गते खेतमा जान्छु भनेर हिंडेका राना मुसिकोट नगरपालिका-२ टारीडाँडास्थित खेतमा ४ दिनपछि मृत फेला परेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक सूर्यभान चौधरीको कमान्ड प्रहरी टोली खटिएको छ ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय