राजीनामा बुझाउँदै रास्वपाका मन्त्रीहरू

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दहाललाई आज राजीनामा बुझाउँदै छन्। रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले आज बिहान प्रधानमन्त्री दाहाललाई भेटेर मन्त्रीहरूले राजीनामा बुझाउने बताए।

उनले बुधवार नै राजीनामा दिने तयारी भएपनि पार्टी बैठकका कारण सम्भव नभएकाले आज प्रधानमन्त्रीलाई राजीनामा बुझाउने तयारी रहेको बताए।

यसअघि सरकारमा सहभागी नेकपा एमालेका मन्त्रीहरूले बुधवार साँझ नै सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सामूहिक राजीनामा बुझाएका थिए।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय