१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

सलमान खानको ‘सिकन्दर’ मा ‘बाहुबली’ का कटप्पाको प्रवेश

बलिउड फिल्म निर्माता साजिद नाडियावाला, अभिनेता सलमान खान र निर्देशक एआर मुरुगडोस यतिबेला ‘सिकन्दर’ मा सहकार्य गरिरहेका छन् । यो महत्वाकांक्षी प्रोजेक्टको अहिले छायांकन भइरहेको छ ।

अब यो फिल्मलाई लिएर अर्को रोमाञ्चक खबर आएको छ । ‘बाहुबली’ फ्रेन्चाइजमा कटप्पाको भूमिका गरेर लोकप्रिय सत्यराज पनि यो फिल्मको हिस्सा बन्दैछन् । सत्यराजले हालै यो फिल्मको छायांकन सेट ज्वाइन गरेका छन् ।

निर्माता कम्पनीले सामाजिक सञ्जालमार्फत यो कुराको घोषणा गरेको हो । सलमान खान र रश्मिका मन्दानाको शीर्ष भूमिका रहेको ‘सिकन्दर’ आगामी वर्षको इदमा रिलिज गर्ने लक्ष्य छ ।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय