
- गागलफेदीबाट फिल्म छ माया छपक्कै २ को छायांकन सुरु भएको छ।
- दीपकराज गिरी र केकी अधिकारीको अभिनयबाट फिल्मको सुटिङ थालिएको हो।
- दीपेन्द्र लामाको निर्देशनमा बन्ने यो फिल्म दुई चरणमा छायांकन गरिनेछ।
अभिनेता दीपकराज गिरीले आगामी फिल्म ‘छ माया छपक्कै २’ को छायांकन बुधबार गागलफेदीबाट थालेका छन् । पहिलो दिन दीपक र केकी अधिकारीको भागको कथाको दृश्य खिच्दै फिल्मांकन सुरु भएको हो ।
यो फिल्म सन् २०१९ को चर्चित फिल्म ‘छ माया छपक्कै’ को दोस्रो श्रृंखला हो । सामाजिक-राजनीतिक कथावस्तुको यो फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गर्नेछन् ।
पहिलो चरणमा ३० दिन र दोस्रो चरणमा मौसमको स्थिती हेरेर २० दिनमा छायांकन सक्ने योजना रहेको निर्माण नियन्त्रक धीरज चापागाईंले जनाए । उनका अनुसार, पहिलो दिन केकी र दीपकको भाग खिच्दै छायांकन थालिएको हो ।
यो फिल्ममा सनिशा भट्टराईको पनि अभिनय हुनेछ । फिल्मको निर्मातामा रोहित अधिकारी छन् । रोहित अधिकारी फिल्म्स र आमा सरस्वती मूभिजको ब्यानरमा फिल्म बन्न लागेको हो भने प्रस्तुतकर्तामा आइएमई छ ।
