पाल्पा दुर्घटनामा २१ वर्षिय युवकको मृत्यु

सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडकखण्डमा ट्रकसंग स्कुटी ठोक्किंदा एक युवकको ज्यान गएको छ ।

पाल्पाको तिनाउँ गाउँपालिका ३, दोभानमा बुटवलबाट आउँदै गरेको ट्रकसंग ठक्कर खाँदा स्कुटी चालक रुपन्देहीको तिलोत्तमाका २१ वर्षिय विवेक अधिकारीको ज्यान गएको प्रहरीले जनाएको छ ।

स्कुटीको पछाडी बसेकी मृतककी बहिनी १७ वर्षिय रश्मी अधिकारी गम्भिर घाईते भएकी छिन् । उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भईरहेको छ ।

एउटै दिशामा हिंडिरहेको लु २ ख ५३७३ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा लु ८६ प ६५१ नम्बरको स्कुटी ट्रकसंग ठोक्किन पुगेको थियो । दुवै सवारी बुटवलबाट तानसेन तर्फ गईरहेका थिए ।

ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय