बुद्ध एयरको जहाज रनवेमा चिप्लियो

गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार राति अवतरणका क्रममा बुद्ध एयरको जहाज रनवेबाट ४/५ मिटर चिप्लिएर किनारमा पुगेको छ । विमानस्थलका अनुसार जहाजका चक्काले माटो छोएको छ ।

रुपन्देही प्रहरी प्रमुख एसपी रन्जितसिंह राठौरका अनुसार जहाजबाट सबै यात्रुलाई सुरक्षित बाहिर निकालिएको थियो ।विमानस्थल स्रोतले विमानस्थलमा राति बुद्ध एयरको प्राविधिक टिम र प्रहरी तैनाथ भएर जहाजलाई तानेर एराइभल तर्फ ल्याउने पहल भइरहेको छ ।

काठमाडौंबाट साढे ९ बजे उडान भरेको जहाज भैरहवा विमानस्थलमा पूर्वबाट पश्चिमतर्फ अवतरण गर्ने क्रममा चिप्लिएको प्रहरी प्रवक्ता मनोहरप्रसाद भट्टले बताए । उनका अनुसार जहाजमा ५९ यात्रु सवार थिए । सबै यात्रुलाई जहाजबाट सुरक्षित निकालिएको थियो । उनीहरू आफ्नो गन्तव्यमा गइसकेको भट्टले बताए ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय