शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् ।  भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् ।

भट्टराईले आफ्नो स्वास्थ्य अवस्थालाई देखाउँदै राजीनामा दिएको बताइएको छ।

विभिन्न माग राखेर शिक्षकहरूले काठमाडौंमा आन्दोलन गरिरहेका छन्। मन्त्रालयले पटक पटक छलफलका लागि बोलाउँदा पनि शिक्षकहरू नआएको भट्टराईले बताउँदै आएकी थिइन्। सोमबार नै आन्दोलनरत शिक्षक तथा कर्मचारीका मागका विषयमा मन्त्री भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेकी थिइन्।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय