१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

चीन, पाकिस्तान र बंगलादेशको गठबन्धन खतरा : भारतका रक्षा प्रमुख

भारतका रक्षा प्रमुख (सीडीएस) जनरल अनिल चौहानले चीन, पाकिस्तान र बंगलादेशको गठबन्धन भारतको स्थिरता र सुरक्षाको लागि ठुलो खतरा भएको बताएका छन्।

मंगलबार एक थिंक ट्यांक कार्यक्रममा बोल्दै उनले भने, ‘यदि चीन, पाकिस्तान र बंगलादेशबिच कुनै पनि प्रकारको रणनीतिक गठबन्धन हुन्छ भने त्यसको प्रत्यक्ष प्रभाव भारतको सुरक्षामा पर्नेछ।’

भारत र पाकिस्तानबिच गत मेमा भएको सैन्य द्वन्द्वलाई उल्लेख गर्दै जनरल चौहानले पहिलो पटक दुई आणविक शक्ति सम्पन्न देशहरू प्रत्यक्ष रूपमा सैन्य द्वन्द्वमा संलग्न भएको बताए।

भारत कुनै पनि प्रकारको आणविक ब्ल्याकमेलबाट नडराउने कुरा उनले दोहोर्‍याएका छन्। चीन-पाकिस्तान गठबन्धनलाई उल्लेख गर्दै चौहानले पाकिस्तानले विगत पाँच वर्षमा आफ्नो ७० देखि ८० प्रतिशत हतियार र उपकरण चीनबाट खरिद गरेको जानकारी गराउँदै चिनिया सैन्य कम्पनीहरूको पाकिस्तानमा चासो भएको उल्लेख गरेका छन्।

हाल निष्क्रिय दक्षिण एसियाली क्षेत्रीय सहयोग संघ (सार्क) लाई प्रतिस्थापन गर्न पाकिस्तान र चीनले बंगलादेशसँग मिलेर नयाँ क्षेत्रीय संगठन स्थापना गर्न काम गरिरहेको चर्चाबिच उनको यस्तो बयान आएको हो।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय