नहरमा डुबेर वृद्धको मृत्यु

चितवनमा नहरमा डुबेर एक वृद्धको मृत्यु भएको छ। पूर्वी चितवनको रत्ननगर नगरपालिका १६ स्थित हात्तीगाडे नहरमा डुबेर आज बिहान ८ बजे ७५ वर्षीय कर्णबहादुर गुरुङको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालका अनुसार गुरुङ बिहान ७ बजे घरबाट निस्किएका थिए। घरबाट एक किलोमिटर दक्षिणमा पर्ने सो नहरमा ८ बजे मृत फेला परेको खनालले जानकारी दिए। घटनाको विषयमा इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ।

मृतक गुरुङको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा ल्याइएको छ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय