१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

कांग्रेस बैठकमा रुपन्देही-३ को उपनिर्वाचनबारे छलफल चल्दै

नेपाली कांग्रेसको पदाधिकारी, पूर्वपदाधिकारी बैठकमा रूपन्देही क्षेत्र नम्बर ३ मा हुन लागेको उपनिर्वाचनबारे पनि कुराकानी भएको छ।

शुक्रबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकमा कात्तिक १७ गते हुन लागेको उपनिर्वाचन र त्यहाँ पार्टीको अवस्थाबारे केन्द्रित रहेर कुराकानी भएको हो।

‘जिल्ला सभापति रामकृष्ण खाण, लुम्बिनी प्रदेश सभापति अम्मरसिंह पुन, केन्द्रीय सदस्य बालकृष्ण खाणले रूपन्देही ३ को अहिलेको वस्तुगत स्थितिबारे ब्रिफिङ गर्नुभयो,’ केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले भने, ‘पार्टीभित्र सम्पूर्ण रूपले एकताका साथ जाने कुरा भएको छ।’

बैठकमा  पदाधिकारी तथा पूर्वपदाधिकारीबहेकका गृहमन्त्री रमेश लेखक, ऊर्जा जलस्रोत तथा सिंचाईंमन्त्री दीपक खड्का र कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारी पनि सहभागी छन् । खड्का आमन्त्रित केन्द्रीय सदस्य र अधिकारी केन्द्रीय सदस्यमात्रै हुन् ।

अधिकारीसँग मलको अभाव र खडेरीबाट आहतमा परेका किसानलाई राहत कसरी उपलब्ध गराउन सकिन्छ र खड्कासँग जगदुल्ला हाइड्रोपावरको ठेक्काबारे जानकारी लिन बोलाइएको स्रोतले बताएको छ ।

रुपन्देही ३ को निर्वाचनमा खाण राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपक बोहोरासँग पराजित भएका थिए । बोहराको निधन भएपछि निर्वाचन आयोगले आगामी कात्तिक १७ गतेका लागि निर्वाचनको मिति तय गरेको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय