१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

करेन्ट लागेर एक दम्पतीको मृत्यु

सुर्खेतमा करेन्ट लागेर श्रीमान–श्रीमतीको मृत्यु भएको छ।

वीरेन्द्रनगर नगरपालिका–१२ नेवारेका ५५ वर्षीय धनीराम आचार्य र उनकी ५० वर्षीया श्रीमती धनकुमारी उपाध्यायको करेन्ट लागेर मृत्यु भएको छ।

सुर्खेतका प्रहरी प्रवक्ता डिएसपी होमनजंग बुढथापाका अनुसार बिहान पौने ११ बजेतिर आफ्नै घरमा उनीहरूलाई करेन्ट लागेको थियो। आचार्य दम्पतीले घाँस काट्ने विद्युतीय मेसिनद्वारा घाँस टुकार्दै गर्दा तारबाट उनीहरूलाई करेन्ट लागेको थियो।

अचेत अवस्थाका उनीहरूलाई  प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा पुर्‍याएको केहीबेरमै बिहान सवा ११ बजेतिर चिकित्सकले दुबै जनालाई मृत घोषणा गरेका थिए।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय