भारतीय फिल्म ‘सैयारा’ को चर्चा र कमाइ

भारतीय फिल्म ‘सैयारा’ को चर्चा र कमाइले धेरैलाई अचम्मित बनाइरहेको छ। यो फिल्मले भारतमा २ सय २० करोड ७५ लाख भारू कमाइ गरिसकेको छ। शनिबारसम्ममा फिल्मले उक्त कमाइ गरेको हो।

यशराज फिल्मस्को ‘सैयारा’ ले एक सातामा (बिहीबारसम्म) १ सय ७५ करोड २५ लाख भारू नेट कमाइ थियो। फिल्मले दोस्रो शुक्रबार १८ करोड ५० लाख कमायो भने पहिलोभन्दा दोस्रो शनिबारको कमाइ अझ बढ्यो।

पहिलो शनिबार फिल्मले २६ करोड २५ लाख भारू कमाएको थियो। दोस्रो शनिबार फिल्मले २७ करोड भारू कमायो।मुहित सुरी निर्देशित तथा अहान पाण्डे र अनित पड्डा अभिनीत फिल्मले थुप्रै रेकर्डहरू समेत बनाएको छ।

नेपालका हलमा पनि ‘सैयारा’ हेर्न दर्शकहरूको चाप छ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय